शुभश्री बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमि र नेपाल अडिटर्स एशाेसिएसन (अडान) जिल्ला समिति भक्तपुरले आज साउन १६ गते बुधवार संयुक्तरूपमा शंखधरचाेकस्थित शुभश्री उद्यानमा सरसफाइ तथा बृक्षाराेपण कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
नेपाल अडिटर्स एशाेसिएसन (अडान) काे १९ औं स्थापना दिवस तथा सहकारी संस्थाकाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सरसफाइ तथा बृक्षाराेपण कार्यक्रमकाे आयाेजना गरेकाे दुवै संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिनुभएकाे छ ।
दुवै संस्थाका ५० जना पदाधिकारीहरूकाे उपस्थिति रहेकाे साे अवसरमा उहाँहरूले अम्वा, तेजपात, अमला, कागति, निम, धुपीलगायत करिव ५० वटा विभिन्न जातका वाेटबिरूवाहरू राेपेकाे थियाे ।