Notice.


                                             विज्ञप्ति

    २०८३ साल भाद्र १० गते बुधबारका दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्ला लगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो  मानवीय तथा भौतिक क्षतिका कारण यस संस्थालाई मर्माहत बनाएको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हालसम्म बेपत्ता हुनु भएका व्यक्तिहरुको खोज तथ उद्धार गर्ने कार्यको सफलता कामना गर्दछौं ।

    राष्ट्रिय विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरुका लागि तत्काल राहत तथा पुनर्स्थापनाका लागि यस शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा रु.५५,५५५/- (पच्पन्न हजार पाँच सय पच्पन्न रुपैया मात्र) सहयोग उपलब्ध गराएको जानकारी गराउदछौं । यस संस्था सधैं समाज, राष्ट्रको सुख-दु:खमा साथमा रहेको र आगामी दिनहरुमा पनि सामाजिक एवं मानवीय कार्यहरुमा आवश्यक सहयोग एवं सहकार्य जारी राख्ने प्रतिवध्दता व्यक्त गर्दछौं ।