Dharmik Abalokan Bhraman 2080


शुभश्री बचत तथा ऋण सहकारी संस्थाको सामाजिक, सांस्कृतिक तथा खेलकूद उप–समिति र महिला उप–समितिको संयुक्त आयोजनामा धार्मिक भ्रमण अबलोकन गराएको छ ।

संस्थाले चैत्र ३ गते शनिवारका दिन ५० बर्ष भन्दा माथि उमेर समुहका शेयर सदस्यहरुलाई ललितपुर जिल्ला स्थित बज्रबाराही,लेले मनकामना  र टिका भैरबको धार्मिक अवलोकन भ्रमण सम्पन्न गराएको हो । सो कार्यक्रम पश्चात संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि फुलबारी पार्टी प्यलेसमा भजन कृतन कार्यक्रम शुभारम्भ गरी सम्पूर्ण सहभागी  शेयर सदस्यहरुलाई  सम्मान गरिएको थियो।

उक्त कार्यक्रमका संंयोजक सुन्दर बज्राचार्यले सहभागी शेयर सदस्यहरु तथा सहयोग गने सम्पूर्णलाई कार्यक्रम सफल बनाई दिनुभएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।