विजय उत्सब समारोह तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न
मिति २०८१ साल असार१ गते शनिबारका दिन६७औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको मध्यपुर नगरपालिका ब्यापी प्रभातफेरी कार्यक्रम २०८०मातृतीय पुरस्कार हासिल गर्न सफल विजय उत्सब समारोह तथा मिति २०८१/०२/२७ र २८ गते सम्पन्न २ दिने झोल साबुन र सरफ बनाउने तालिमको प्रमाणपत्र बितरण कार्यक्रम स्थानीय यचु पार्टी भेन्युमा सम्पन्न गरियो | उक्त कार्यक्रमको उद्घोषण संस्थाका सचिब श्री काशीभक्त कायष्ठले गर्नु भएको थियो| स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री श्याम सुन्दर कायष्ठले गर्नु भएको थियो | कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष श्री ज्ञानकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरि गर्नुभयो | शुभकामना मन्तब्य संस्थाका संचालक सदस्य श्री उत्तम श्रेष्ठ गर्नु भयो |तालिम प्रशिक्षकश्री नानी मैया श्रेष्ठले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्न र झोल साबुन तथा सरफको उपयोगिता बारे जानकारी गराउनु भयो, उहाँले बाहिर गएर पैसा कमाउनु मात्र कमाउनु हैन खर्च हुने पैसालाई जोगाउनु पनि कमाउनु सरह नै हो, सहकारीहरुको यस्तो विषम परिस्थितिमा पनि शुभश्री साकोसले प्राप्त गरेको सफलताको प्रशंशा गर्दै भाबी दिनमा पनि यस्तै सफलताको कामना गर्नु भएको थियो | तत् पश्चातप्रशिक्षाFर्थीहरुलाई प्रमाणपत्र संस्थाका अध्यक्ष श्री ज्ञान कृष्ण श्रेष्ठले प्रदान गर्नु भयो रतालिममा बनाएकाझोल साबुन र सरफ प्रशिक्षक श्री नानी मैया श्रेष्ठले बितरण गर्नु भयो |कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका कोषाध्यक्ष श्रीतुल्सीमान श्रेष्ठले गर्नु भएको थियो | अन्त: मा कार्यक्रम समापन संस्थाका अध्यक्ष श्री ज्ञान कृष्ण श्रेष्ठले गर्नु भएको थियो, उहाँले संस्थाले ६७औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको मध्यपुर नगरपालिकाब्यापी प्रभातफेरी कार्यक्रम २०८०मातृतीय पुरस्कार हासिल गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै उक्त प्रभातफेरीमा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो | साथै संस्थाले स्थापना कालदेखि विभिन्न तालिमहरु आयोजना गर्दै आएको र मिति २०८१/०२/२७ र २८ गते सम्पन्न २ दिने झोल साबुन र सरफ बनाउने तालिम पनि उपलब्धी मुलक र प्रभाबकारी रहेको र यसबाटप्रशिक्षfFर्थीहरुलाई आफुले सिकेको सीपलाईव्यवहार उतार्नरप्रशिक्षfFर्थीहरुलेव्यवसायिकरुपमा समुहबाटझोल साबुन र सरफ बनाउन चाहेमा आवश्यक सहयोग समेत प्रदान गर्ने प्रतिबद्धताब्यक्त गर्दै कार्यक्रम समापन्न गर्नु भयो|