19th Shubhashree Establishment Day.


  •  Jul-21, 2082
  •  Yechu Party Venue.

१९औ स्थापना दिवस कार्यक्रम -२०८२ सम्पन्न

मिति २०८२ साल कार्तिक २१ गते शुक्रबारका दिन शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. को १९औ स्थापना दिवस कार्यक्रम भव्यताका साथ स्थानीय यचु पार्टी भेन्युमा सु-सम्पन्न भयो | संस्थाका सचिव श्री सुन्दर बज्राचार्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री रत्न सुन्दर कायष्ठले संस्थाको एतिहासिक गतिबिधिको जानकारी दिनुको साथै १९औ स्थापना दिवस २०८२ लाई सफलता पुर्वक सम्पन्न गर्न उपस्थित हुनु हुने सम्पुर्ण महानुभाव ज्यूहरुलाई स्वागत गर्नुभयो | संस्थाका अध्यक्ष श्री श्याम सुन्दर कायष्ठले पानसमा दीप प्रज्ज्वलन, पूजा तथा केक काटेर उद्घाटन गर्नुभयो | संस्थाका कोषाध्यक्ष श्री तुल्सीमान श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुका साथै सस्थाको वित्तीय अवस्था बारे जानकारी गराउनु भयो | उक्त कार्यक्रममा संस्थाका महिला उपसमितिका सदस्य श्रीमती रुपा श्रेष्ठले कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो | संस्थाका अध्यक्ष श्री श्यामसुन्दर कायष्ठले संस्थाको स्थापनाकाल देखि सामाजिक तथा आर्थिक विकासका लागि संस्था तत्पर रहदै आएको र भविष्यमा पनि यस्तै कार्य गर्दै जानुका साथै नयाँ सूचना तथा प्रविधिहरुसंग जोडिदै जाने प्रतिबद्धताका साथै संस्थाको गतिबिधिको जानकारी दिदै १९औ स्थापना दिवस २०८२ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावज्यूहरुलाई धन्यवाद ज्ञापनका साथ सभा सम्पन्न गर्नुभयो |